काभ्रे मण्डनदेउपुर : एक युवालाई वडा सदस्यले घरमा बोलाए,दुई भाइले हाने खुकुरी !

काभ्रे-काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ ज्याम्दी रामपुरमा एक युवा माथी खुकुरी प्रहार भएको छ । एक युवालाई वडा सदस्यले घरमा बोलाएर खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । 

वडा सदस्य दिपक ठकुरीले सल्लाह छ आउनु भन्दै बोलाएको युवा अजय तामाङलाई ठकुरीका दुईवटा भाईहरु निराजन र जस्मिन ठकुरीले खुकुरी प्रहार गरेको खुलेको छ । 

फागु पुर्णिमाको दिन दिउसो स्थानीय युवाहरु एक अर्का बीच आरोप प्रत्यारोपमा थिए । सामान्य विवाद हुँदै जाँदा हरि लामा घाईते भएका थिए । सोहि विषयमा छलफल गर्न भन्दै वडा सदस्य दिपक ठकुरीले सोहि वडाका युवा ३२ बर्षिय अजय तामाङलाई आफ्नै घरमा बोलाएर खुकुरी हानेको अनुसनधानबाट खुलेको छ ।