जलवायु परिवर्तनबाट नेपालले गम्भीर खतराहरूको सामना गर्दैछ : मन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताए ।

सोमवार काठमाडौँमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको बताए ।

मन्त्री बस्नेतले नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेको बताए । उनले जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको बताए ।

साथै मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको बताए ।

मन्त्री बस्नेतले विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको बताए ।