सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख २ हजार रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कायम गरेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।