सुरक्षा घेरा तोडेर संसद् भवन परिसरमा छिरे लघुवित्त पीडितहरू

काठमाडौँ । काठमाडौंमा आन्दोलित लघुवित्त पीडितहरू संसद् भवन परिसरमै छिरेका छन्। उनीहरू नयाँबानेश्वरस्थित निषेधित क्षेत्र छिचोल्दै संसद् भवन परिसरमा छिर्न सफल भएका हुन्।

कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका छन्। प्रदर्शन गर्दै करिब ५० जनाको संख्याका पीडितहरू संसद् भवन परिसरमा छिर्न सफल भएका हुन् ।

अहिले उनीहरूलाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका छन् । संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् ।