सेती नदीमा डुबेर एकजनाको मृत्यु, एक जना बेपत्ता    

काठमाडौँ । सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत्यु भएको छ भने अर्का एक जना व्यक्ति बेपत्ता भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका– १७ महतगौडास्थित माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर बेपत्ता भएका हुन् ।

पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्गलाई  ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको थियो ।

सोही ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजीकार्य भइरहेको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।