राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी

काठमाडौँ - राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।

निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । 

त्यस्तै मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयी भएकीा छन् भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् । त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् ।

लुम्बिनी प्रदेशमा महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।