एकीकृत समाजवादीद्धारा सचिवालय बैठक आव्हान, यस्तो छ छलफलको एजेन्डा !

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक आह्वान गरेको छ ।  शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक यही माघ १४ र १५ गते बस्दैछ । सोही बैठकको तयारीका लागि सचिवालय बोलाइएको जनाइएको छ ।