धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरिएको छ ।

बेनी नगरपालिका–८ पिपलचोक निवासी रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनीको न्यूरोडमा युवाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका गर्बुजाको टाउको र छातीमा चोट लागेको थियो । उनलाई उपचारका लागि बेनी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा घाइते भएका अन्य दुई जनाको बेनी अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।