नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासियो

काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । भक्तपुरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको गुडिरहेको बसको चक्का फसेको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर बस कोल्टे परेको छ । बस ढल्किएपछि यात्रुहरु बाहिर निस्किएका थिए । २०७८ सालमा पनि नयाँबानेश्वर चोकनजिकै सिभिल अस्पताल अगाडि सडक भासिएको थियो ।

झण्डै ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । त्यसबेला आठ लेनको फराकिलो सडक निर्माण भएको भन्दै निकै चर्चा पाएको उक्त सडकमा बनेको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको हो ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।