काठमाण्डु- पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी शनिबार तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले बताएका छन् । विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन्