काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार समिति गठन गरिएको हो । समितिलाई दुर्घटनाको कारण पहिचान गर्ने, जिम्मेवार पक्षको निर्धारण गर्ने तथा घटनासम्बन्धी सम्पूर्ण पक्षको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन