जेनजी आन्दोलनका बेला भागेका १७२ कैदीबन्दी अझै भेटिएनन्, भारतीयलाई पक्रिन चुनौती

  • शनिबार ३० जेठ २०८३ ०२:०० PM
परासी : नवलपरासी कारागारबाट भागेकामध्ये अझै १७२ जना कैदीबन्दी प्रहरीको फरार सूचीमै छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनअन्तर्गत भदौ २५ गते कारागारमा आगजनी र सुरक्षार्थ खटिएका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर उनीहरु भागेका थिए । ५४६ जना भागेकामध्ये प्रहरीले पक्राउ गरेर तथा आफै सम्पर्क गरेर आउनेको संख्या ३७४ जना रहेको कारागार कार्यालय परासीका प्रमुख सुवोध महतोले जानकारी दिए ।  भारतीय कैदीबन्दीलाई पक्राउ गर्न समस्या कारागारबाट भागेका ४१ जना भारतीय नागरिकका कैद