काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे पार्टी धारणा माग गरेका छन् । साम्पाङले लामिछानेलाई खुला पत्र लेखेर गत १७ असोजमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिबारे रास्वपाको आधिकारिक धारणा मागेका हुन्