चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

  • शनिबार ३० जेठ २०८३ ११:०६ AM
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले  जानकारी दिए ।  “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी अहिले काठमाडौँ ल्याइएको छ ” उनले भने ।