नेपाल-भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुन:निर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको बिर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्यांकन गरिएको थियो । हालै सम्पन्न बैठकमा संयुक्त टोलीले