काठमाडौं : बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिपकुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका–३ बस्ने धादिङ घर भएका ६५ वर्षीय रामकुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्र