बस दुर्घटना अपडेट : मृतक ८ जनामध्ये ६ जनाको सनाखत

  • शनिबार ३० जेठ २०८३ ११:०० AM
काभ्रे : नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बी.पी. राजमार्गमा शुक्रबार बस दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ६ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीका अनुसार रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फुलमाया तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख निवासी तथा भकुण्डेबेसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमल्दार ३० वर्षीय बमबहादुर भण्डारी, सिन्धुलीको घ्