सशस्त्र प्रहरीको प्रवक्तामा कार्की नियुक्त

  • शनिबार ३० जेठ २०८३ ०४:४१ AM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्की नियुक्त भएका छन् । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको हो ।