अमेरिकाको गतिको अगाडि फिक्का बन्यो पाराग्वे

  • शनिबार ३० जेठ २०८३ १०:०० AM
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह डी अन्तर्गको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको छ।  लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकाले पहिलो हाफमा ३–० को अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा १ गोल बेहोर्दै खेलको अन्तिम सेकेन्डमा १ गोल थप्दै पाराग्वेमाथि ४–१ को जित दर्ता गरेको हो। खेलको सातौं मिनेटमा पाराग्वेले आत्मघाती गोल बेहोर्यो। अमेरिकाले यहि गोलबाट खेलमा अग्रता बनाएको हो। अमेरिकाले बनाएको सुरुवाती दबावमा पाराग्वेका डामनि बोबाडिलाले आफ्नै पोष्टमा गोल गरे।