यो विश्वकप, त्यो विश्वकप

  • शनिबार ३० जेठ २०८३ १०:०० AM
विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुन्छ । हरेक संस्करणले आम फुटबलप्रेमीमा नयाँ उत्साहमात्रै दिलाउँदैन, नयाँ इतिहास पनि बनाउँछ । हरेक चार वर्षमा कतै आयोजक देश बदलिन्छ, कतै प्रतियोगिताको ढाँचा फेरिन्छ, अनि कतै नयाँ नायक जन्मिन्छ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु भएसँगै समर्थकबीच पुराना र नयाँ संस्करणको तुलना पनि सधैंभरि भइरहन्छ नै ।कसैले आफूले पहिलो पटक हेरेको विश्वकपलाई उत्कृष्ट मान्छन् भने कसैले पछिल्लो संस्करणलाई सबैभन्दा उत्कृष्ट र रोमाञ्च