अमेरिका–इरान शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

  • शनिबार ३० जेठ २०८३ ०३:२९ AM
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम र पारस्परिक रूपमा सहमत मस्यौदा तयार भएको जानकारी दिएका छन् । सघन मध्यस्थताका प्रयासहरूपछि दुवै राष्ट्र सम्झौताको अन्तिम बिन्दुमा पुगेको उनले बताएका हुन् । शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रधानमन्त्री सरिफले अब पाकिस्तानले सम्झौताका आगामी प्रक्रियाहरूलाई पूर्णता दिन दुवै पक्षसँग निकट रहेर