नेपाल र भारतबीच सीमापार रेलमार्गसम्बन्धी चलिरहेका परियोजनाको कार्यान्वयन तथा रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्तकार्य समूहको आठौँ बैठक सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा विकास भइरहेको भारत–नेपालबीचको जयनगर–बिजलपुरा–बर्दिबास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन प्रगतिबारे छलफल गरेको भारतीय दूतावासले जनाएको छ । जनकपुर–अयोध्या