प्रहरीका चार डीआईजीको सरुवा, को कहाँ ?

  • शनिबार ३० जेठ २०८३ ०१:४१ AM
नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ । मधेसमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुदूरपश्चिममा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।