मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबिच शिष्टाचार भेटवार्ता

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:२६ PM
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–चीनबिच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । उनीहरूबिच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण,