भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा.प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिएका छन् । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै