घरमै बसेर सासू–ससुराको सेवा गर्ने ८० बुहारी सम्मानित

  • शुक्रबार​ २९ जेठ २०८३ ११:३६ AM
अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान गरेको छ । पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगरपालिकाका १२ वडाबाट छनोट गरिएका ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको