महोत्तरी : बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास–९ र वडा नं. ६ का स्थानीयवासीबाट प्राप्त उजुरीका आधारमा महतोविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । घटनाका सम्बन्धमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा महतोविरुद्ध करिब एक महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जा