काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानबिन समिति गठन गरी त्यसको छानबिन हुनुपर्ने बताएका हुन्