सदनमा कांग्रेस- छलछाम समिति बनाएर गृहमन्त्रीलाई चोख्याइएको प्रतिवेदन खोई ?

  • शुक्रबार​ २९ जेठ २०८३ ०७:२१ AM
काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको