जिल्ला अदालत रसुवामा ढुंगामुढा

काठमाडौँ - जिल्ला अदालत रसुवामा ढुंगामुढा भएको छ ।

अदालतको आदेश चित्त नबुझेको भन्दै पीडितले ढुंगामुढा गरेका हुन् । झडपमा ३ जना प्रहरी घाइते भएका बताइएको छ ।

गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफाली बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

आदेशपछि अदालतमा भेला भएका पीडित र आफन्तले अदालतको गेटमा ढुंगामुढा गरेका हुन् ।