गाजामा २४ घण्टामै सात सय बढीको मृत्यु, आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दवाव

काठमाडौं - इजरायली आक्रमणका कारण गत २४ घण्टामा गाजा क्षेत्रमा ७ सय बढीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य अधिकारिहरूका अनुसार इजरायलको हवाई आक्रमणमा ७ सय बढी मानिसहरूको मृत्यु भएको हो ।

बीबीसीका अनुसार गाजामा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार यो इजरायल–हमास युद्धमा एकैदिन मारिने मानिसहरूको हालसम्मकै ठूलो संख्या हो । हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हालसम्म जारी युद्धमा इजरायलका मौ १४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने गाजामा ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब
गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्‍याउन इजरायल र हमासबिच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ ।