राष्ट्रपति पौडेलले आज जानकी मन्दिर दर्शन गर्न जनकपुरधाम जाँदै 

जनकपुरधाम - राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदैछन् । जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम आउन जान लागेका हुन् । 

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

राष्ट्रपति पौडेल सोमबार जनकपुरधाम आउने कार्यक्रम तय भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको तयारी थालेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।