एमालेको सचिवालय बैठक स्थगित 

काठमाडौँ - नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । 
शनिबार सिरहाको विष्णुपुरकट्टीमा बस्ने गरी तय भएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अविरल वर्षाका कारण बैठक स्थगित गरिएको उनले बताए । “बैठक स्थगित भएको छ,” उनले भने, “मौसम सफा भएपछि बैठकको मिति तय हुन्छ ।”
एमालेले चौथो महाधिवेशन भएको स्थानमा सचिवालय बैठक आयोजना गरेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सिरहामा पछिल्लो केही घण्टा यता अविरल वर्षा भइरहेको छ ।