पाकिस्तानमा भ्यान र ट्रक ठोक्किँदा सातजनाको मृत्यु, ८ घाइते

काठमाडौँ - पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक ठोक्किँदा सातजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । 
थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरीत दिशाबाट आउँदै गरेको ट्रक र भ्यान सडकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । केही गम्भीर घाइतेहरूलाई अर्को अस्पतालमा रिफर गरिएको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।