बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन मानवअधिकार आयोगको आग्रह

 काठमाण्डौँ - राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।