'जलवायु सङ्कट र द्वन्द्वले खाद्य समस्या अझ बढ्यो' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन् ।

आज मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै उनले जलवायु सङ्कट र द्वन्द्वले खाद्य समस्यालाई अझ बढाएको भन्दै भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइँ दृढतापूर्वक लड्नुपर्ने बताएका हुन् ।

दीगो भविष्यका लागि मार्ग प्रदान गर्न आधुनिक खाद्य प्रणालीहरू कमजोर रहेकाले खाद्य प्रणालीको रुपान्तरणको चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दीगो खाद्य श्रृंखला विकास गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।