एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।

कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका अध्यक्ष ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरुले स्वागत गरेका थिए ।