गृहमन्त्री श्रेष्ठले भने-'भ्रष्टाचारमा हाम्रो पार्टी र गठबन्धन पनि शुद्व छैन' 

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा आफ्नो पार्टी र गठबन्धन शुद्व छ भन्न नसक्ने बताएका छन् ।

गोरखामा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारमा जो सुकै भएपनि अनुसन्धान हुने बताएका हुन् । उनले गठबन्धनभित्रैबाटसमेत आफ्नो राजीनामा मागेको विषयमा त्यसलाई आफूले स्वभाविक रूपमा लिएको प्रतिक्रिया दिए ।