जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

काठमाण्डौँ - युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली संघ इयूको जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस सिथ्रिएसको प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७।१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो ।

पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै फरक हुनसक्ने बताइएको छ ।