प्रि–ओपनमा ४ अंकले बढ्यो नेप्से

काठमाडौँ - प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०३ विन्दुले बढेको छ ।

यससँगै सूचक २५४० दशमलव १४ अंकमा आएको छ । यस सेसनमा ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ । कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।