आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी  प्रदेशका  केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।  

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । कोशी, बागमती, लुम्बिनी,  कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।