अनिता लिम्बुको नयाँ गीत ‘टिकटक’ सार्वजनिक

 काठमाडौँ - लण्डन निवासी चर्चित मोडेल एवं गायिका अनिता लिम्बुले नयाँ गीत ‘टिकटक’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाई लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो । अनिताको नै शब्द र संगीत रहेको गीतमा विषम आचार्यको एरेन्ज रहेको छ ।

लण्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधिहरु पनि जितिसकेकी लिम्बुले यसअघि पनि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।