कोशी सरकारविरुद्ध केदार कार्कीको रिटमा आज फैसला आउँदै

काठमाडौँ - कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ । जवाफी बहस सकिएपछि आजै फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा सोमबार प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सकिएको थियो ।

मंगलबार रिटकर्ता निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट जवाफी बहस हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ । बहसबाट संविधान र संसदीय प्रक्रिया महत्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फैसला दिनेछ ।