मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद मीना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले मधेसका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेका छन्। त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ।’

उनले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको पनि बताइन्।