मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौँ - आज २०८१ साल असार ११ गते मंगलबार सन् २०२४ जुन २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलर र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।