प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने करिव पक्का !

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बताएको छ । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणमा जाने लगभग निश्चित भएको बताए । ‘कुनै भवितव्य नपरे जेठ १७ गते नै भारत भ्रमणमा जाने हुन्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ ।