रवि लेख्छन्- इरिटेट गर्ने पनि सीमा हुन्छ, निस्सा पेस गरी नागरिकता पुन: कायम गराएको छु

काठमाडाैँ - आफूविरूद्व पुन: सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि रवि लामिछनेले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

रवि सांसद हुन अयोग्य रहेको भन्दै युवराज पौडेल सफलले पुन सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि रविले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

 

यस्तो छ उनले लेखेको स्टाटस्-

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१. सर्वोच्च अदालतको मिती २०७९/१०र/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन: कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। ४० घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ