ढाकाकुमार श्रेष्ठको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

पार्टीको निर्णयविरूद्व श्रेष्ठ दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च पार्टीको कारबाही सदर गरेको हो ।

श्रेष्ठको विपक्षमा आदेश भएसँगै अब निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाण पत्र बुझिसकेकी विन्द्यावासिनी कंसकारले सांसद पदको सपथ लिने बाटो खुलेको छ ।

यसअघि गत वैशाख २५ गते सर्वोच्चले निलम्बित सांसद ढाकाकुमारलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय लिएको हो ।