धनुषामा स्थानीयबासी र प्रहरीबीच झडप, ९ सेल अश्रुग्यास प्रहार  

काठमाडौँ । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।

औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनकाअनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ । १० दिनअघि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ ।

स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ ।