बारा-२ मा उपेन्द्र यादव १८ हजार ८०८ मतका साथ लिड गर्दै

काठमाडौं - बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ३ हजार ३२३ मतका साथ लिड गरिरहेका छन् ।

यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १५ हजार ४८५ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५६३ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २६८ मत पाएका छन् ।